सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब नेपालमा कोरोना भाइरस संक्रमण दोस्रो चरणमा

२०७६ चैत्र २२, ०२:३९ खबर संवाददाता

धनगढी: धनगढीकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा पहिलोपल्ट कोरोना भाइरस संक्रमणको दोस्रो चरणका बिरामी फेला परेकी छन्।

दुबईबाट दिल्ली हुँदै आएका युवकमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। उनकै आफन्त महिलालाई शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

बाहिरबाट आएको केसलाई पहिलो चरणको संक्रमण मानिन्छ भने उनीहरुले नेपालमा आएर नयाँ बिरामीमा संक्रमण फैलियो भने त्यसलाई दोस्रो चरणको मानिन्छ।

शनिबार कैलालीका दुई र कञ्चनपुरका एकमा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि भएको छ। 

कमेन्ट लोड गर्नुस