सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यवसायीद्वारा मजदूरलाई सहयोग

२०७६ चैत्र २१, ०९:२१

बुटवल – कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण बेरोजगार भएका तीन दर्जन मजदूरलाई यहाँका एक व्यवसायीले आर्थिक सहयोग गरेका छन्। बुटवल उपमहानगरपालिका–११ कालिकानगरका रोडा–ढुङ्गा व्यवसायी वैभवलक्ष्मी सप्लायर्सका सञ्चालक सिद्धार्थ गुरुङले कालिकानगर क्षेत्रमा विभिन्न क्षेत्रमा मजदूरी गर्ने ३५ मजदूरलाई आज जनही पाँच हजार सहयोग उपलब्ध गराएका हुन्।

लकडाउनले घर जान नपाएका र दैनिकरुपमा मजदूरी गर्ने काम बन्द भएपछि साँझ बिहान खानपिनका लागि खाद्यान्न जुटाउन नसकेको जानकारी पाएपछि सहयोग उपलब्ध गराएको व्यवसायी गुरुङले बताए। ती मजदूर दाङ, बर्दिया, कैलालीलगायतका जिल्लाबाट बुटवल क्षेत्रमा आएर लामो समयदेखि मजदूरी गर्दै आएको उनले बताए।–रासस

कमेन्ट लोड गर्नुस