सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य मन्त्रालयले भन्यो– पोखरामा पोजेटिभ रिपोर्ट भेटिएको छैन

२०७६ चैत्र २१, ०४:४४

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्पष्ट पारेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कास्कीमा कोरोना संक्रमित हालसम्म फेला नपरेको जानकारी दिएका छन्। उनले कास्कीमा गरिएको परिक्षण र काठमाडौंमा गरिएको परिक्षण रिपोर्टमा कोही पनि पोजिटिभ नदेखिएको स्पष्ट पारे। 

यसअघि पोखरास्थित क्षेत्रीय प्रयोगशालामा ती व्यक्तिमा रिपोर्ट पोजेटिभ देखिएको र टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा थप परीक्षणका लागि पठाइएको प्रदेश ४ का मन्त्री किरण गुरुङले जानकारी दिएका थिए।

कमेन्ट लोड गर्नुस