सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमित युवतीसँगै आएका कञ्चनपुरका युवकको रिर्पोट नेगेटिभ

२०७६ चैत्र १९, ०३:३७ खबर संवाददाता

फ्रान्सबाट फर्किएकी कोरोना संक्रमित युवतीसँगै नेपाल आएका कञ्चनपुरका युवकको रिर्पोट नेगेटिभ आएको छ। जिल्लाको महाकाली नगरपालिकाका ती युवकको नमूना संकलन गरी परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा पठाईएको रिर्पोट नेगेटिभ आएको हो।

स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो रोग निरिक्षक समेत रहेका कोरोनाका सम्पर्क व्यक्ति सिद्धराज भट्टले परिक्षणपछि ती युवकको रिर्पोट नेगेटिभ आएको दिनेश खबरलाई जानकारी दिए।

उनीसँगै आएकी युवतीमा कोरोनाको पुष्टि भएपछि युवकको स्वास्थ्य परिक्षण गरी महाकाली अस्पतालले थ्रोट स्वाबको नमूना संकलन गरी काठमाडौँ पठाएको थियो। उनी स्वास्थ्यकर्मीको निगरानीमा घरमै सेल्फ क्वारेन्टाईनमै बसिरहेका थिए। 
 

कमेन्ट लोड गर्नुस