सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमितको संख्या आठ लाख नाघ्यो

२०७६ चैत्र १८, ०६:१२ खबर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुनेहरुको संख्या आठ लाख नाघेको छ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका दुई सय देश र दुई वटा अन्तर्रा्ष्ट्रिय पानीजहाजमा फैलँदा आठ लाख एक हजारभन्दा धेरैमा सङ्क्रमण भएको हो। 

सङ्क्रमितमध्ये ३८ हजार सात सय ६९ जनाको ज्यान गइसकेको छ भने एक लाख ७२ हजार ३१९ जना उपचारपछि निको भएका छन्। सबैभन्दा धेरै अमेरिकामा एक लाख ६४ हजार ३५९ जना, इटलीमा एक लाख एक हजार ७३९ जना र स्पेनमा ९४ हजार चार सय १७ जनामा सङ्क्रमण भएको छ। भाइरस सुरु भएको चीनमा ८१ हजार पाँच सय १८ जनामा सङ्क्रमण भएको छ।

 

कमेन्ट लोड गर्नुस