सुदूर नेपाललाई विश्वसँग जोड्दै

नायिका वर्षा शिवाकोटीले प्रधानमन्त्री राहत कोषमा १ लाख दिने

२०७६ चैत्र १७, ०५:४० खबर संवाददाता

नायिका वर्षा शिवाकोटीले प्रधामन्त्री राहत कोषमा १ लाख सहयोग गर्ने घोषणा गरेकी छिन्। शिवाकोटीले फेसबुकमार्फत उक्त रकम दिने घोषणा गरेका हुन।

उनले फेसबुकमा भिडियो सेयर गर्दै भनेकी छन, ‘सुरक्षित हुन गरिएको यो लकडाउनले पक्कै पनि हामी नेपालीलाई असर परेको छ तर पनि विशेष गरेर दिनरात मजदुरी गरेर जिविकोपार्जन गर्नु हुने हाम्रा दाजु/भाई दिदी/बहिनीलाई यो अवस्थामा निकै गाह्रो परेको छ, सरकारले उहाँहरुको लागि जति सक्दो चाँडो राहतको व्यवस्था गर्नु हुनेछ भन्ने आशा गरौँ, यस्को लागि मेरो व्यक्तिगत तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा एक लाख जम्मा गर्न चाहन्छु।’

उनले दिनरात भोकभोकै खट्ने डक्टरहरु, नर्सहरु र मेडिकलसँग सम्बन्धित अन्य व्यक्तिहरु, प्रहरीहरु र कोरोना भाइरसबाट बचाउन लागेका अन्य क्षेत्रका व्यक्तिहरुलाई धन्यवाद समेत दिएकी छिन्।
 

कमेन्ट लोड गर्नुस