सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तानमा एक सय १० जना कोरोना भाइरस सङ्क्रमित

२०७६ चैत्र १५, ०६:२९

विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरस सङ्क्रमितको  सङ्ख्या अफगानिस्तानमा शनिबारसम्म एक सय १० पुगेको छ। थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कोभिड–१९ सङ्क्रमित व्यक्ति ११० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले शनिबार बताएका छन्।

अफगानिस्तानको हेरात प्रान्तमा ११, छिमेकमा रहेको फराह प्रान्तमा १ जना र पूर्वी प्रान्त घाज्नी एक जनामा थप सङ्क्रमण देखिएको मयारले जानकारी दिनु भएको् छ।  अफगानिस्तानमा गत फेब्रुअरीबाट कोरोना भाइरसको सङ्क्रमण देखिएको र सो समयदेखि हालसम्म १ हजार भन्दा बढी व्यक्तिलाई कोरोना भाइरस (कोभिड –१९) को परिक्षण गरिएको छ। परिक्षणको क्रममा ११० जनामा कोरोना भाइरस सङ्क्रमण देखा परेको मयारले बताएका छन्।

अफगानिसतानमा कोरोना  भाइरस सङ्क्रमणको कारण तीन व्यक्तिको मृत्यु भएको छ भने,  अन्य तीन उपचारपछि घर फर्किएका छन्। कोभिड –१९ को रोकथाम गर्न सरकारले राजधानी काबुलमा २१ दिनको कफर््यूको आदेश जारी गरेको छ।  उक्त कफर््यू आदेश शनिबारदेखि लागू हुने भएको छ।  यस अघि नै अफगानिस्तानको पश्चिमी तीन शहर हेरात, फराह र जरनजमा कफर््यूको आदेश गरिसकेको छ। रासस
 

कमेन्ट लोड गर्नुस