सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कोरोना परिक्षण प्रयोगशालाका लागि आवश्यक समाग्री खरिद गरिदै

२०७६ चैत्र १५, ११:२८ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को परिक्षण प्रयोगशालाका लागि आवश्यक समाग्री खरिद गरिने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रयोशालका लागि आवश्यक पर्ने समाग्री खरिदका लागि  प्रक्रिया अगाडी बढाएको हो।

मन्त्रालयले आज खरिद सम्बन्धी सूचना जारी गरी आपूर्तीकर्तासँग प्रस्ताव माग गरेको छ। आपूर्तीकर्ताले चैत १७ गते बेलुका ५ बजे भित्र प्रस्ताव पेश गर्नुपर्नेछ। प्रस्ताव स्वीकृत भएको एक हप्ता भित्र समाग्री आर्पूती गर्नुपर्ने सूचनामा भनिएको छ। 

 

कमेन्ट लोड गर्नुस