सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट अमेरिकामा एकैदिन १० हजारभन्दा बढी सङ्क्रमित थपिए

। फोटो स्रोत ।
२०७६ चैत्र १३, ११:५४

अमेरिकामा एकैदिन १० हजारभन्दा बढी कोरोना भाइरस (कोभिड १९) का सङ्क्रमित थपिएका छन्। योसँगै अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६८ हजार दुई सय तीन पुगेको छ। 

त्यस्तै भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार २७ पुगेको छ। पछिल्लो २४ घण्टामा दुई सय ४७ जनाले ज्यान गुमाएका हुन्। कोरोना भाइरसबाट सङ्क्रमित हुने सङ्ख्याको आधारमा अमेरिकामा तेस्रो नम्बरमा पुगेको छ। चीन र इटलीपछि सबैभन्दा धेरै सङ्क्रमित अमेरिकामा देखिएका हुन्। 

अमेरिकाको न्युयोर्क शहरका गभर्नरले शहरमा सङ्क्रमण रोक्न कडा कदम उठाइएको र त्यसको प्रभाव पनि देखिएको बताएका छन्। उनका अनुसार कोरोना भाइरसबाट सङ्क्रमित भएर अस्पताल पुग्नेको सङ्ख्या घटेको छ।अमेरिकामा कोरोना भाइरसका सबैभन्दा बढी सङ्क्रमित न्युयोर्कमा देखिएका छन्। जहाँ कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजारभन्दा बढी छ।
 

कमेन्ट लोड गर्नुस