सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीमानको हत्यामा श्रीमती र उनका प्रेमीको संलग्नता

२०७६ चैत्र १२, ०९:४३ खबर संवाददाता

होलीमा (फागुन २७ गते) खाना खाएर सुतेका धनुषाको सहिदनगर नगरपालिकाका ६० वर्षीय राजकिशोर मण्डल बिहान मृत अवस्थामा भेटिए।  उनको टाउँकोमा गम्भीर चोट थियो। प्रहरी अनुसन्धानको क्रममा मृतककै श्रीमती र प्रेमी मिलेर हत्या गरेको रहस्य सार्वजनिक भयो।

अनुसन्धानको क्रममा प्रहरीले मृतक मण्डलकी कान्छी श्रीमती कोशिला देवीलाई पक्राउ र्गयो। अनुसन्धानको क्रममा कोशिला र उनका प्रेमी २७ वर्षीय राकेश मण्डलले पूर्वयोजनामै हत्या गरेको रहस्य खुलेको छ। कान्छी श्रीमती कोशिला र उनका प्रेमी राकेशकुमार मण्डलको योजनामै हत्या भएको खुलेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए।

‘घटनाको प्रकृति नै रहस्मय थियो’, बुधबार पत्रकार सम्मेलनमा उनले भने, ‘कान्छी श्रीमती र उनका प्रेमी दुवैले योजना बनाएर खानामा नसालु ट्याबलेट खुवाएर निदाएपछि हत्या गरेको अनुसन्धानबाट खुलेको छ।’ सुतेकै ठाउँमा दुवैजना मिलेर राजकिशोर मण्डललाई कंक्रिट पत्थरले निधारमा पटक–पटक प्रहार गरेर विभत्स तरिकाले हत्या गरेको देखिन्छ।

अभियुक्त दुवैले मण्डललाई पत्थरले टाउकोमा प्रहार गरी कर्तव्य गरी मारेको भनी स्वीकारसमेत गरिसकेको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए। 
 

कमेन्ट लोड गर्नुस