गौरीफन्टा नाकामा सेनाको हेल्थ डेस्क
धनगढी : कैलालीस्थित भारतसँग जोडिएका सीमा नाकामा आवगमनको चाप बढ्दै गएको छ। गौरीफन्टा नाका भएर दैनिक हजारौँको सङख्यामा कैलाली भित्रिरहेका छन्। भारतमा कोरोना भाइरस संक्रमण बढ्दै जाँदा गौरीफन्टा नाका हुँदै नेपाल भित्रिनेको संख्या बढेको हो।
यस्तै गौरीफन्टा नाकामा सेनाको स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना गरिएको छ। आज विहानैदेखि नाकामा नेपाली सेनासहितको स्वास्थ्यकर्मीको टीमले नेपाल भित्रिने नागरिकको स्वास्थ्य परीक्षण गरिरहेका छन्।
यसअघि स्वास्थ्यकर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी सिमानामा खटिएका थिए भने आजदेखि नेपाली सेनाका स्वास्थ्यकर्मी पनि थपिएका हुन्।
यस्तै सुन्दर सुदूरपीश्चम यातायात प्राली र धनगढीका व्यवसायी टेकराज जोशीले नेपाली सेनालाई हस्तातरण गरेका दुई सय थान माक्स पनि गौरीफन्टा नाकामै वितरण गरिएको छ। यस्तै रोटरी क्लव धनगढीले नाकामा सन्देशमुलक ब्यानर पनि लगाएको छ।