रसुवा जिल्लामा कार्यरत सुदूरपश्चिम घर भएका ४ प्रहरी सम्पर्कविहीन
बैतडीः भोटेकोशी नदीमा आएको बाढीका कारण बैतडी घर भएका एकजना प्रहरी सहायक हवलदार सम्पर्क विहिन भएका छन्।
बैतडीको दोगडाकेदार गाउँपालिका–२ घर भइ प्रहरीचौकी रसुवागढीमा प्रहरी सहायक हवलदार पदमा कार्यरत हिक्मत महरा सम्पर्क विहिन रहेका प्रहरीले जनाएको छ।
बाढीपछि कञ्चनपुरको बेदकोट नगरपालिका–८ घर भइ इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी हवलदार नरेन्द्रप्रसाद भट्ट र डडेल्धुराको परशुराम नगरपालिका–४ घर भइ प्रहरीचौकी रसुवागढीमा कार्यरत प्रहरी जवान नारद सार्की पनि सम्पर्क विहिन रहेका प्रहरीले जनाएको छ।
यस्तै, रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सशस्त्र प्रहरी बल नेपाल, रसुवामा कार्यरत सशस्त्र प्रहरी जवान (सप्रज) विनिता बोहरा सम्पर्कविहीन भएकी छन्। बैतडीको डिलाशैनी गाउँपालिका–२, छेपट्टा स्थायी ठेगाना भएकी बोहरा हिजो बिहान बाढी आएपछि परिवार र आफन्तको सम्पर्कमा आउन सकेकी छैनन्।