धनगढीको मनहेरामा अस्थायी प्रहरी पोष्ट स्थापना
धनगढीको मनहेरामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। उपमहानगरपालिकाको वडा नम्बर ७ को कालिका मन्दिर नजिकै मनेहरा सामुदायिक वन उपभोक्ता समुहले एक लाख ७८ हजार ८ सयको लागतमा निर्माण गरिएको प्रहरी बिटको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो।
प्रहरी बीट उपभोक्ता समितिका अध्यक्ष मोती राना थारुले कैलालीका प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीको उपस्थितीमा अस्थाई प्रहरी बिट हस्तान्तरण गरेका हुन्।