सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवकलाई कुकुरलाई झैं डोर्‍याउने युवती, भन्छिन् ‘यो मेरो प्यारो कुकुर हो’

२०७६ फाल्गुन २७, ०६:१६ खबर संवाददाता

चीनको फुजियान प्रान्तस्थित फुझोउ शहरमा केही अघि एउटी युवतीले कुकुर बाँध्ने सिक्रीले बाँधेर एक युवकलाई बाटोमा डोर्होयाइन्। घाँटीमा सिक्री बाँधिएका ती युवक मालिकको इशारामा कुकुर हिँडेझैँ गरी अनुशासनपूर्वक हिँडेका थिए। सडक अति व्यस्त हुने समयमा शहरको मूल सडकमा युवतीले कुकुरलाई झैँ गरी युवकलाई डोर्होयाउँदै गरेको देखेर सबै छक्क परेका थिए।

‘युवतीले अग्लो हिल भएको जुत्ता लगाएकी थिइन् र कुकुरलाई झैँ युवकलाई पछि लगाएर हिँडिरहेकी थिइन्। ती युवक पनि बफादार कुकुर जसरी चार  हातखुट्टा टेकेर युवतीले डोहो¥याएको दिशातिर हिँडिरहेका थिए,’ समाचारमा भनिएको छ। बटुवा, ड्राइभर, मोटरसाइकल चालक र यात्रु सबैले सो विचित्र दृश्य अचम्म मान्दै हेरेका थिए। ‘बेलाबेलामा ती युवती सडकमा उभिन्थिन् र युवकको टाउको मुसार्दै बटुवाहरूसँग ‘यो मेरो प्यारो कुकुर हो’ भन्थिन,’ समाचारमा भनिएको छ।

उनीहरूको चालामाला लामो समयसम्म चलेपछि प्रहरीले हस्तक्षेप गरेको थियो र जुनसुकै प्रयोजनका लागि गरिएको भए पनि त्यस्तो काम रोक्न भनेको थियो। त्यसपछि ती युवतीले पुरुषलाई सिक्रीबाट मुक्त गरेकी थिइन् र दुवैजना बेपत्ता भएका थिए। उनीहरू को हुन् र किन त्यसो गरे भन्ने चाहिँ थाहा हुन सकेको छैन। एजेन्सी

कमेन्ट लोड गर्नुस