सुदूर नेपाललाई विश्वसँग जोड्दै

भेडाको मासु खाने अचम्मको गाई !

। फोटो स्रोत ।
२०७६ फाल्गुन २०, ०५:४१ खबर संवाददाता

सुन्दा अचम्म लाग्ने यो घटना केन्याको हो। केन्याको नैनोबीमा एउटा किसानको गाईले घास पराल नखाएर भेडोको मासु खान शुरु गरेको छ। केन्याको काउंटीमा बस्ने किसान चालर्स मेमोबोलियोको घरमा रहेको गाईले भेडोलाई मारेर खाएको हो।

भेडोलाई गाईले हानीहानी हत्या गरी उसलाई खाएको हो। पछिल्लो समय त्यो गाईले पानी र खाना पनि खाना छोडेको थियो मालिकले खाना दिएता पनि उक्त गाईले खान छाडेको थियो। हाल उसको लागि भोजनको मात्रा बढाए पनि उसको व्यवहार भने बदलिएको छैन।

डाक्टरहरुले यस घटनालाई लिएर यस्तो असाधरण परिस्थिती आउनुमा गाईको भोजन मा पोषणको कमी हो भनेका छन्। केन्यामा हरीयो घासमा पोषक तत्व कमी भएको हुनाले धेरै जनावरमा यो समस्या आउने बताएका छन्। एजेन्सी
 

कमेन्ट लोड गर्नुस