सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा १ सय ५५ क्युफिट अवैध काठ सहित एकजना पक्राउ

२०७६ फाल्गुन १८, १२:५२ खबर संवाददाता

कैलालीमा एक सय ५५ क्युफिट अवैध सालको काठ सहित एकजना पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ११ तत्ता भन्ने स्थानबाट गएराती डिभिजन वन कार्यालय पहलमानपुर र ईलाका प्रहरी कार्यालय सुख्खडको संयुक्त टोलीले एक सय ५५ दशमलव ५१ क्युफिट काठ सहित एकजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा स्थानीय शिवनारायण कठरिया रहेको डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत कृष्ण भट्टले दिनेश खबरलाई जानकारी दिए। उनका अनुसार स्थानीय विजय कठरियाको घरको पछाडी अवैध काठ चिरान भईरहेको भन्ने सूचनाका आधारमा राती गस्ती टोली त्यहाँ पुगेको थियो।

तर घर मालिक विजय भने भाग्न सफल भएका छन्। चिरान गरिसकेको ७४ दशमलव ३१ क्युफिट र चिरान गर्न बाँकी ८१ दशमलव ८२ क्युफिट बराबरका ७ गोलिया सालको काठ बरामद गरिएको उनले दिनेश खबरलाई बताए। घटनाको अनुसन्धान जारी राखिएको छ। 

 

कमेन्ट लोड गर्नुस