सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ट्रकको ठक्करबाट युवकको मृत्यु

फाईल तस्बिर ६ लेन सडकको मिलनचौक खण्ड
फाईल तस्बिर ६ लेन सडकको मिलनचौक खण्ड
२०७६ फाल्गुन १८, ०७:१४ खबर संवाददाता

धनगढीमा ट्रकको ठक्करबाट युवकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित निर्माणाधिन ६ लेन सडकको मिलनचोकमा गएराती बेलौरीबाट आईरहेको ना ५ ख २९२७ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँका अन्दाजी २७ वर्षीय नविन बोगटीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दिनेश खबरलाई बताएअनुसार राती पौने १० बजेको समयमा पैदल हिडिरहका बोगटीलाई ट्रकले ठक्कर दिई गम्भीर घाईते भएको थिए।

उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ट्रक र चालक चुरे गाउँपालिका ६ सहजपुरका अन्दाजी २६ वर्षीय टेकबहादुर शाहलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ। 

 

कमेन्ट लोड गर्नुस