अस्थायी सरकारी कर्मचारीलाई स्थायी गर्न माग
धनगढी- नेपाल सरकारका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूले स्थायी गर्नुपर्ने माग गरेका छन्।
अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघद्वारा धनगढीमा आयोजना गरिएको प्रदेशस्तरिय भेलामा उनीहरूले लामो समयदेखि काम गरिरहेका अस्थायी कर्मचारीहरूलाई स्थायी गर्नुपर्ने माग दोहोराएका हुन्। भेलाको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले श्रमवापतको ज्याला सबैले पाउनुपर्ने बताइन्। प्रदेश सरकारले कर्मचारी, मजदुर सबैको हितमा काम गर्ने उनको आस्वासन थियो।
कार्यक्रममा संघकी केन्द्रीय अध्यक्ष विमला आचार्यले सरकारले लामो समयदेखि कर्मचारीमाथि विभेद गरिरहेको गुनासो गरिन्। सरकारले नै विभिन्न श्रेणी तथा वर्गका रुपमा कर्मचारी भर्ना गरेको बताउदै उनले सोही अनुसार सेवा सुविधा पनि नतोकिएको बताइन्।
कसैले न्यून ज्यालामा लामो समय काम गर्नु परेको तर कसैको ज्याला वर्षेनी बृद्धि हुदै गएको उनले बताईन्।
संघका प्रदेश अध्यक्ष इन्द्र कठायतको अध्यक्षतामा भएको कार्यक्रममा टे«ड युनियन महासंघ इन्चार्ज विमला आचार्य, अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका प्रवक्ता तथा उपाध्यक्ष श्याम सापकोटा लगायतको सहभागिता रहेको थियो।
शनिबारनै प्रदेश कमिटि पनि गठन गरिएको छ । इन्द्र कठायतको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ।