सुदूर नेपाललाई विश्वसँग जोड्दै

पार्टी फुट्छ भन्नु निराधारः नेता रावल

२०७६ फाल्गुन १७, ०३:३१

धनगढी: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताएका छन्।  

धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी्भित्रको बहसमा फरक विचार आउनु स्वभाविक भएकाले त्यसले पार्टी फुट्छ भन्नु निराधार भएको बताए। उनले कार्यकर्ताले निराश हुनुभन्दा ठिक बेठिक छुट्याएर अघि बढ्नुपर्ने उल्लेख गर्दैै विधान र पद्धतीअनुसार चल्नुपर्नेमा जोड दिए।

एक अर्को प्रशङ्गमा नेता रावलले एमसिसीमा जनताको चासो बढेकामा खुशी व्यक्त गरे। उनले एमसिसीबारे तयार पारिएको प्रतिवेदनलाई अन्तिम रुप दिन पार्टीले कार्यदल गठन गरेका आधिकारीक धारणा केही दिनभित्रै आउने बताए।

उनले राष्ट्रियसभा सदस्यबारे पार्टीको बैठकले गरेको निर्णय सबैले मान्नुपर्ने बताए। केन्द्रीय कमिटिको बैठकले गरेका निर्णय सबैले मान्नुपर्ने पार्टीको विधानमा रहेको उनको भनाइ छ। -रासस
 

कमेन्ट लोड गर्नुस