सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुस्यन्त प्रकरण : जिल्ला अदालत कैलालीको आदेश विरुद्ध उच्च अदालत जाने तयारी

२०७६ फाल्गुन १७, ११:३६ खबर संवाददाता

धनगढी : सरकारी छाप दस्तखत किर्तेको अभियोग लागेका धनगढीका औषधी व्यवसायी दुस्यन्त बस्नेतलाई कैलाली जिल्ला अदालतले एक लाख १० हजार धरौटीमा रिहा गर्ने आदेश गरेको विरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ।

दुई आर्थिक बर्ष नक्कली कर चुक्ता प्रमाण पत्र पेश गरेर करोडौको औषधी बिक्री गर्ने अमित मेडिसन डिस्ट्रिब्युटर्सका संचालक वस्नेत धरौटीमा रिहा भएपछि सरकारी वलिकको कार्यालयले यस्तो तयारी गरेको हो। ७ बर्ष जेल सजायको माग दावी गर्दै वस्नेतका बिरुद्ध सरकारी छाप कागजात किर्तेमा मुद्धा दर्ता गरिएकोमा कैलाली जिल्ला अदालतका न्यायधिश जयानन्द पनेरुको इजलासले एक लाख १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

जिल्ला न्यायधिबक्ता बिष्णु प्रसाद पौडेलले धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेश बदर गरिपाउ भनी उच्च अदालतमा जाने दिनेश खवरलाई बताए। उनले भने, ‘आदेशको पूर्णपाठ हेर्न बाँकी छ। सबै अध्ययन गरीसकेपछि हामी जिल्ला अदालतको आदेश बरद गराउनका लागि उच्च अदालत जाने सम्भावना बढि छ।’ उनका अनुसार सरकारी वकिलको कार्यालय थुप्रै मुद्धामा उच्च अदालत धाएको छ तर अधिकासं मुद्धामा जिल्लाकै आदेश सदर हुने गरेको छ। 

मुलुकी फौजदारी कार्यबिधी संहिता २०७४ को ६७ धारामा तीन बर्ष भन्दा बढी कैद सजाय हुन सक्ने मुद्धामा अभियोग लागेको अभियुक्त तत्काल प्राप्त प्रमाणवाट कसुरदार देखिने भएमा वा कसुरदार हो भन्ने बिश्वास गर्ने कुनै मनासिव आधार भएमा अदालतले त्यस्तो अभियुक्तलाई पुर्पक्षको लागी थुनामा राख्ने छ भनेर उल्लेख गरिएको छ। तीन बर्ष भन्दा बढि कैद सजाय हुन सक्ने आधार नभेटिएपछि बस्नेतलाई धरौटीमा छोडिएको हुन सक्ने सरकारी वकिलको कार्यालयले जनाएको छ। 

प्रहरी कार्यालयमा आफै आत्मसमर्पण गरेका वस्नेत एक दिन पनि प्रहरी हिरासतमा नबसी १५ गते रिहा भएका थिए। बिरामी भएको भन्दै धनगढीको सिपी अस्पतालको क्याविनमा भिआईपीको सुविधामा उनी बसेका थिए। अस्पतालले डिस्चार्ज गरेपछि पनि प्रहरीले उनलाई थुनामा नराखी खुलआम घुम्न दिएको थियो। 

गत मंसिर तेश्रो साता किर्ते गरेको मुद्धा परेपछि अमित मेडिसिनका संचालक दुष्यन्त बस्नेत र प्रदीप अग्रवाल फरार थिए। अग्रवाल अझै फरार छन्। श्रोतका अनुसार फरार रहेकै समयमा बस्नेतले माघको अन्तिम साता धनगढीमा वसेर मुद्धा कमजोर बनाउन व्यापक लविङ गरेका थिए। त्यसपछि भारत गएर माघ २८ गते उनले प्रहरीमा आफै आत्मसमर्पण गरेका थिए।

‘मुद्धा कमजोर बनाएर धरौटीमा रिहा हुने वातावरण बन्ने देखेपछि उनले प्रहरीमा आत्मसमर्पण गरेका हुन्।’ श्रोतले भन्यो। गेटा आखा अस्पतालमा कर चुक्ता प्रमाणपत्र कृर्ते पेश गरेर अमित मेडिसन डिस्ट्रिब्युटर्सले तीन करोड ५० लाखको औषधी आपुर्तीको ठेक्का पाएको थियो। 
 

कमेन्ट लोड गर्नुस