कञ्चनपुरमा आमाबुबाको हत्या : छोरीको अवस्था गम्भीर, धनगढीमा उपचार हुदै
कञ्चनपुरमा आमाबुबाको हत्यापछि जिवितै भेटिएकी शिशुको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका ११ का ५२ बर्षीय जयलाल भण्डारी दम्पतीको हत्यापछि घरभित्र जिवितै भेटिएकी ७ महिने शिशुको अवस्थामा गम्भीर बनेको हो।
आज दिउँसो महेन्द्रनगरमा समान्य उपचारपछि धनगढी ल्याईएकी शिशुको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ। उनको आईसियुमा राखेर उपचार भईरहेको उपचार संलग्न अस्पतालका बालरोग विशेषज्ञ डाक्टर मोहन साउँदले दिनेश खबरलाई जानकारी दिए।
बेहोस अवस्थाकी शिशुको टाउकोमा चोट लागेको पाईएको उनले बताए। डाक्टर साउँदका अनुसार शिशुमा निमोनियाको संक्रमण पनि देखिएको छ। शिशु खसेको वा आमाबुबाको हत्यामा संलग्न व्यक्तिले फालेको हुनसक्ने आशंका गरिएको छ।
कञ्चनपुरका जयलाल भण्डारी र उनकी २२ वर्षीय श्रीमती धानादेवी भण्डारी बीहिबार दिउँसो आफ्नै घरमा विभत्स हत्या गरेको अवस्थामा फेला परेका थिए। पहिलो श्रीमतीको स्तन क्यान्सरबाट मृत्यु भएपछि भण्डारीले धानालाई दोस्रो श्रीमतीका रुपमा विवाह गरेका थिए।
उनीरुको हत्या कसले ग¥र्यो भन्ने विषयमा अनुसन्धान जारी राखिएको कञ्चनपुर प्रहरीले जनाएको छ। तर प्रारम्भीक अनुसन्धानबाट कुनै कुरा खुलेको छैन्। मृतक श्रीमान श्रीमतीको शव परिक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ।