सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगामा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पोशाकको समस्या

२०७६ फाल्गुन १६, ०७:४१ खबर संवाददाता

कैलाली: कैलालीको गौरीगंगा नगरपालिकाका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीले विद्यालयको पोशाक खरिद गर्न समस्या हुने गरेकोे गुनासो गरेका छन्। आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थीले सामुदायिक विद्यालयको पोशाक खरिद गर्न नसकेको एक कार्यक्रमका सहभागीहरुले बताएका हुन्। 

नगरपालिकाका वडा नम्बर १ को शपुपति माध्यामिक विद्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द( इन्सेक)को आयोजजा गरेको ‘शिक्षाको अधिकार र सरोकारवालाको भुमिका’ बिषयक अन्तरक्रियामा सहभागिहरुले दलित तथा न्यून आयस्रोत भएका परिवारका बालबालीकाले पोशाक नपाएको बताएका हुन्। 

गौरीगंगा नगरपालिकाको आर्दश माध्यमिक विद्यालयका प्रधानाध्यापक शंकरबहादुर पुनमगरले आर्थिक अवस्था काजार भएका विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्रीका लागि समस्या हुने गरेको बताए। गौरीगंगा नगरपालिकाको शिक्षाको अवस्थाको बारेमा उक्त अन्तरक्रिया भएको थियो। 

चौमाला बहुमुखी क्याम्पसका प्रध्यापक युवराज कडेलले गौरीगंगा नगरपालिका क्षेत्रमा अपांगता तथा सुस्त मनस्थिती भएका बालबालिकाको अध्यनका लागि विद्यालय नभएको बताए। उनले नगर क्षेत्रमा सुस्त मनस्थिती भएका बालबालिकाको अध्यनका लागि विद्यालय आवश्यक रहेको बताए।

कार्यक्रममा गौरीगंगा नगरपालिका वडा नम्बर १ का अध्यक्ष जगतराम चौधरी र वडा नम्बर ६ का अध्यक्ष कमला शर्माले नगरपालिकामा रहेका बालबालिकाको शिक्षाका लागि आफुहरु गम्भीर रहेको बताएका छन्। 

वडा नम्बर १ का अध्यक्ष चौधरीले नगरपालिकाले बालबालीकाका लागी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। कार्यक्रमको सहजिकरण अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कैलाली जिल्ला कार्यक्रम सहजकर्ता दिपक नेपालीले गरेका थिए।

कमेन्ट लोड गर्नुस