सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा शैक्षिक मेला हुने

२०७६ फाल्गुन १५, ०८:०५ खबर संवाददाता

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा शैक्षिक मेला हुने भएको छ। नेपालमा उच्च शिक्षा लिन चाहाने बिद्यार्थीहरुलाई लक्षित गरी एजुकेशन डटकमले शैक्षिक मेलाको आयोजना गर्ने भएको हो। धनगढीको होटेल जलशामा फागुन १८ र १९ गते मेलाको आयोजना हुन लागेको आज आयोजित पत्रकार सम्मेलन माार्फत जानकारी दिईएको छ।

‘लर्न लोकालिटी फिट लोकालिटी’ भन्ने नाराका साथ मेला आयोजना हुन लागेको भिजन मिडिया इन्कर्पोरेशनका प्रमुख कार्यकारी निर्देशक तारामान रावलले बताए। उक्त मेलाको टाईटल स्पोन्सर प्रेसीडेन्सील विजनेस कलेज रहेको छ भने इभेन्ट म्यानेजमेन्ट भिजन मिडिया इन्कर्पोरेशन रहेका छन्।

आउने आईतबार र सोमबार हुने मेलामा काठमाण्डौ बिश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय र एश्वर्य मल्टिपल क्याम्पसका विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिईने प्रदेश संयोजक देबेन्द्र जोशीले बताए।

यस्तै सुदूर पश्चिमाञ्चल क्याम्पस, कैलाली मल्टिपल क्याम्पस, नेपाल वेश्टर्न कलेज तथा विभिन्न अन्तराष्ट्रिय विश्वविद्यालय सँग आवद्ध विद्यार्थीलाई परामर्श दिईने उनले बताए।

यो मेलामा ३० भन्दा बढी कलेजको सहभागीता रहने छ भने सुदुरपश्चिम प्रदेशका विभिन्न क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहने आयोजकले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस