सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा टेलिकमको टावर ढल्दा तीन जना घाईते

२०७६ फाल्गुन १५, ०२:५३ खबर संवाददाता

धनगढी : कैलालीमा टेलिकमको टावर ढल्दा तीन जना घाईते भएका छन्। जिल्लाको भजनी नगरपालिका वडा नम्वर १ मा नेपाल टेलिकमको पूरानो टावरलाई खोल्ने क्रममा टावर ढल्दा तीन जना कामदार घाईते भएका हुन्।

बर्दिया जिल्लाका ३२ बर्षीय चन्द्रवहुदुर चौधरी, ३५ बर्षीय सन्ते चौधरी र २६ बर्षीय माईकल चौधरी घाईते भएका हुन्। उनीहरु तीनै जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकास कार्कीले बताए।

तीनै जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ। 
 

कमेन्ट लोड गर्नुस