कैलालीमा अटो रिक्सा पल्टिदा ४ जना घाईते
धनगढी : कैलालीमा अटो रिक्सा पल्टिदा ४ जना घाईते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर १ गप्कामा भे १ च ८८८९ नम्वरको अटो पल्टिदा ४ जना घाईते भएका हुन्। चालक २५ बर्षीय राजेश चौधरी, अटोमा सवार ३५ भोला चौधरी, ३५ बर्षकै रामवहादुर चौधरी र ३२ बर्षका धनिराम चौधरी घाईते भएका हुुन्।
घाईतेमध्ये रामवहादुर र धनिरामलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ भने बाँकी दुई जनाको स्थानीय अस्प्तालमा उपचार भईरहेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकास कार्कीका अनुसार राती साढे ११ बजे आँफै अनियन्त्रित भएर अटो रिक्सा दुर्घटना भएको हो।