सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

२०७६ फाल्गुन १४, ०२:५६ खबर संवाददाता

धनगढी : धनगढीमा बुधबारदेखि विश्व नेपाली साहित्य महोत्सव सुरु भएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सुरु भएको उक्त महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। 

फागुन २० गते सम्म संचालन हुने महोत्सवमा साहित्य, राजनीति, समसामयिक लगायत विभिन्न विषयहरुमा सत्रहरु हुने आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए।

उक्त महोत्सवमा पूर्वप्रधानमन्त्रीद्धय डा. बाबुराम भट्टराइ र लोकेन्द्रबहादुर चन्द, उद्योग मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सांसद भीम रावल, गगन थापा, नारदमुनि राना, प्रेम आलेलगायतका नेताहरुले राजनीति तथा विकासका विषयमा वक्तव्य प्रस्तुत गर्नेछन्। 

साथै महोत्सवमा सिक्कीमका पूर्वमुख्यमन्त्री चामलिङ, प्रा डा वाशुदेव त्रिपाठी, डा विष्णुविभु घिमिरे, मनु मञ्जिलको समेत सहभागीता रहने अयोजकले जनाएको छ।  

कमेन्ट लोड गर्नुस