सुदूर नेपाललाई विश्वसँग जोड्दै

जागिर लगाइदिने भन्दै रिसोर्टमा लगेर सामूहिक बलात्कार

फाइल फोटो
फाइल फोटो
२०७६ फाल्गुन १३, ०४:१८ खबर संवाददाता

सामूहिक बलत्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। सुनसरी इटहरीकी एक ३४ वर्षीया महिलालाई जागिरको प्रलोभन देखाई काठमाडौंमा बोलाएर बलात्कार गरिएको प्रहरीले जनाएको छ। 

पिडित युवतको किटानी जाहेरी परेपछि झापा गौरिगञ्ज गाउँपालिका–१ घर भइ बुढानिलकण्ठ बस्ने ३४ वर्षीय विशाल सङग्रौला र ३५ वर्षीय सुबास सङग्रौलालाई प्रहरीले पक्राउ गरेको हो। 

पिडित युवतीले बुढालिनकण्ठ–६, गणेश चोकस्थित सुवासकै घर र भक्तपुरको एक रिसोर्टमा लगेर बलात्कार गरिएको जाहेरीमा उल्लेख गरेकी छन्। पक्राउ परेकामाथि जबरजस्तीकरणी सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत महाराजगन्जले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस