कञ्चनपुरका विभिन्न तीन ठाउँबाट अवैैध सामान बरामद
२०८१ वैशाख ३०, ०६:०९
धनगढीः कञ्चनपुरका विभिन्न तीन ठाउँबाट अबैध सामान बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले अबैध सामान बरामद गरेको हो।
करिब दुई लाख पैसठ्ठी हजार मुल्यको लेडिज सुट, टिसर्ट, रुमाल, कपडा, चुडी, मेहेन्दी, सुर्ती, बिडी, सुपारी, पेय पदार्थ, चिनी र प्याज बरामद गरि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस