सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु

२०८३ भदौ ७, ०८:४३ खबर संवाददाता

दार्चुलाः दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको शैल्यशिखर नगरपालिका–४ मल्लो काँडापारी बस्ने १९ वर्षकी ललिता ठगुन्नाको मृत्यु भएको हो। शनिवार घाँस काट्ने क्रममा सोही ठाउँ स्थित भिरबाट लडेर अन्दाजी २०० मिटर तल खसेर गम्भिर घाईते हुँदा उपचारको लागि गोकुलेश्वर अस्पताल गोकुलेश्वर दार्चुला ल्याउँदै गरेको अवस्थामा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

कमेन्ट लोड गर्नुस