सुदूर नेपाललाई विश्वसँग जोड्दै

२ योनी र २ गर्भाशय भएकी यी युवतीले जन्माइन् स्वस्थ शिशु

२०७६ फाल्गुन ९, ०६:१७ खबर संवाददाता

अमेरिकाको मिशिगनबाट एक हैरान बनाउने  समाचार बाहिर आएको छ। त्यहाँकी एक महिलाका दुई गर्भाशय र २ वटा योनी भएको थाहा पाएपछि डाक्टरहरु नै चकित बनेका छन्। एक योनीबाट भने महिलाले एक छोरीलाई जन्म दिएकी छन्। महिलाको नाम बिथ्यानी म्यामिलन रहेको छ। बिथ्यानी २७ वर्षकी भईन्। उनको शरीरमा २ गर्भाशय र २ वटा योनी रहेको कुरा अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यामहरुले बताएका छन्। मेडिकलको भाषामा त्यसलाई युट्रेस डिडेलफिस भन्ने गरिन्छ।

यस केसमा महिलाको प्रेग्नेन्ट हुने चान्स रहँदैन। तर बिथ्यानी प्रेग्नेन्ट मात्र भइन, उनले स्वस्थ शिशुलाई पनि जन्म दिएकी छन्। उनी यो भन्दा अगाडि पनि एकपटक प्रेग्नेन्ट भएकी थिइन्। उनका पतिका अनुसार सन् २०१८ मा उनी प्रेग्नेन्ट भएकी थिइन्। तर बच्चा भने मिसक्यारेज भएको थियो।

डाक्टरले भने यस्तो अवस्थामा उनको गर्भमा कुनै पनि बच्चाले ६ महिना भन्दा विकसित हुन नपाउने बताएका छन्। तर यसपटक भने उनले स्वस्थ शिशुलाई जन्म दिएकी हुन्। मिशिगन प्राइमरी स्कूलमा अध्यापन गराउँदै आएकी बिथ्यानीले एक प्यारी बच्ची आफूले जन्माएको बताएकी छन्। उनले शिशुको नाम माईव राखेकी छन्। एजेन्सी
 

कमेन्ट लोड गर्नुस