सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा फरार रहेका दुई प्रतिवादी पक्राउ

२०८३ असोज १६, ०९:४३ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुर प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएर फरार रहेका दुई जनालाई पक्राउ गरेको छ।

फैसला कार्यान्वयनका क्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत कञ्चनपुरका विभिन्न मितिका फैसलाअनुसार फरार रहेका उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–५ का ३५ वर्षीय कृष्णबहादुर घिमिरे रहेका छन्। बैंकिङ कसुर मुद्दामा उनलाई १ महिना कैद सजाय र ६४ हजार ३५० रुपैयाँ जरिवाना तोकिएको थियो।

त्यस्तै, भीमदत्त नगरपालिका–१०, सुकासालका २२ वर्षीय हरी भाट पनि पक्राउ परेका छन्। उनलाई अभद्र व्यवहार मुद्दामा ६ दिन कैद सजाय तोकिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले मिति २०८३ असोज १५ गते पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस