सुदूर नेपाललाई विश्वसँग जोड्दै

आकर्षक युवतीहरुको देश, जहाँ विश्वभरका केटाहरु दुलही खोज्न जान्छन्

२०७६ फाल्गुन ९, ०५:५४ खबर संवाददाता

मानिसहरु सकेसम्म आफ्नी प्रेमिका वा श्रीमती राम्रै होस् भन्ने चाहन्छन्। कतिपय त बिहे गर्ने बेलामा अनुहार राम्रो नभएकै कारण पनि पन्छिने गरेको समेत पाइन्छ। तर रुसमा सुन्दरी युवतीहरु पाइने देशको रुपमा चिनिएको छ। तपाई यो सुनेर चकितमा पर्नुहुनेछ कि संसारभरिबाट दुलही खोज्न मानिसहरु रुस पुग्छन्। खासगरी रुसमा चीनका युवा दुलही खोज्न रुस पुग्छन्। 

चीनमा युवतीहरु कम भएकाले त्यहाँ केटाहरु चिन्तित बन्ने गरेको बताइएको छ। जसकारण चीनका अधिकांश केटाहरुका लागि विवाह गर्नका लागि केटी पाइरहेका छैनन्। त्यसैले चीनका केटाहरु दुलही खोज्नलाई दोस्रो देश जानु परेको छ। चीनका केटाहरु रुसको साइबेरिया जाने गरेका छन्। किनकी त्यहाँका युवतीहरु निकै आकर्षक हुन्छन्।

रुसमा यसको व्यवसाय नै बनिसकेको छ भन्दा तपाई आश्चर्यमा पर्नुहुनेछ। जसलाई ‘वाइफ टुरिजम’ भनेर भन्न थालिएको छ। रिपोर्टका अनुसार रुसमा दुलही खोज्न सजिलो नै छ। किनकी त्यहाँ कानुनद्वारा मान्यता प्राप्त म्यारिज एजेन्सीहरु छन् जसले यसका लागि पहल गरिदिन्छन्। यतिमात्र होइन म्यारिज एजेन्सीहरुले केटीलाई आकर्षित पार्नका लागि केटाहरुलाई केही टिप्सहरु समेत दिने गरेको छ। केटा–केटी विवाह गर्नका लगि राजी भएमा रुसको नियमबमोजिम विवाह गर्नुपर्ने मान्यता छ। एजेन्सी 

कमेन्ट लोड गर्नुस