सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ फाल्गुन ३, ०५:०९ खबर संवाददाता

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

रौतहट जिल्लाको सन्तपुर नगरपालिका वडा नम्बर ६ निवासी ४८ वर्षीय आशिक मोहमदको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार बेलुका करिब ७ बजेतिर बागचौर नगरपालिका वडा नम्बर ९ स्थित धामी ढुङ्गामा ना ६ ख ९२१३ नम्बरको ट्रयाक्टर घुम्तीमा मोड्न नसकेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

मृतकको शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरीले जानकारी दिएको छ। मृतक मोहमद ट्रयाक्टरमा एक्लै रहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनले गाउँ गाउँमा डुलेर सिरक डसना बनाउने काम गर्थे।
 

कमेन्ट लोड गर्नुस