सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा युवती मृत्यु प्रकरण : श्रीमान सहित चार जना पक्राउ

२०७६ माघ १९, ०३:४५ खबर संवाददाता

कैलालीको अत्तरियामा युवती मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले श्रीमान सहित चार जनालाई पक्राउ गरेको छ। ग्त १६ गतेदेखि वेपत्ता भई शनिबार मृत भेटिएकी २३ वर्षीय उर्मिला विष्ट कार्कीका श्रीमान रमेश कार्की सहित चार जना आफन्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले उनका श्रीमान रमेश कार्की, नन्दहरु मन्धरी कार्की, लक्ष्मी कार्की बोहोरा र आरसु कार्कीलाई पक्राउ गरिएको जानकारी दिए। उनीहरुलाई आत्महत्या दुरुत्साहन गरेको आशंकामा पक्राउ गरेर अनुसन्धान भईरहेको जानकारी दिए।

मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। उनका माईती पक्षले घटनाको निष्पक्ष चानविनको माग गर्दै शव बुझ्न दिएका छैनन्।  कार्की अत्तरिया स्थित खानेपानी ट्याङकी नजिक विष्ट मृत फेला परेकी थिईन्।

१६ गते घास काट्न गएकी विष्ट १७ गते सम्म पनि फिर्ता नभएपछि परिवारका सदस्यले खोजतलासका लागि ईलाका प्रहरी कार्यालय मालाखेतीमा निवेदन दिएका थिए। तर उनका माईती पक्षले घटना शंकास्पद रहेको बताउँदै आएका छन्।  
 

कमेन्ट लोड गर्नुस