सुदूर नेपाललाई विश्वसँग जोड्दै

घुससहित इञ्जिनीयर पक्राउ

२०७६ माघ ११, १०:४१

सिन्धुलीको घ्याङलेख गाउँपालिकाका एक जना इञ्जिनीयर पक्राउ परेका छन। गाउँपालिकामा कार्यरत इञ्जिनीयर दिलीपकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो।

गाउँपालिकाको विद्युत् विस्तार गर्ने क्रममा उपभोक्तासँग पैसा मागेपछि शाहलाई रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ। शुक्रबार बेलुका सिन्धुलीमाढीमा शाहले मागेको रकम लिने क्रममा स्टलबजार नजिक बिपी राजमार्गबाट शाहलाई रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका मधुकुमार थापाले जानकारी दिए।

शाहले विद्युत् विस्तार गर्ने उपभोक्ता समितिसँग  दुई लाख २६ हजार मागेकामा उपभोक्ता समितिबाट चेक र नगद लिँदै गर्दा पक्राउ परेका हुन्। उनको साथबाट कृषि विकास बैंकको ७० हजारको चेक, सिटिजन बंैकको एक लाख ६० हजारको चेक र स्रोत नख्ुलेको ३५ हजार रकमसहित पक्राउ गरिएको उनले जानकारी दिए।

गाउँपालिकामा विद्युत् विस्तारका क्रममा लामो समयसम्म इञ्जिनीयर शाहका कारण उपभोक्ताले पैसा पाउन नसकेपछि अख्तियारमा उजुरीका आधारमा इञ्जिनीयर पक्राउ परेका हुन्। घ्याङ्लेक गाउँपालिकामा दुई वर्षदेखि शाह करारमा इञ्जिनीयरका रूपमा काम गर्दै आएका थिए।
 

कमेन्ट लोड गर्नुस