सुदूर नेपाललाई विश्वसँग जोड्दै

नमूना भैँसी फार्म सञ्चालन गर्ने सुदूरपश्चिम सरकारको योजना कार्यान्वयनमा ढिलाई

२०७६ माघ ११, ०६:२६ खबर संवाददाता

चार करोडमा देशकै नमूना भैसी फार्म सञ्चालन गर्ने सुदूरपश्चिम सरकारको योजना कार्यान्वयनमा ढिलाई भएको छ। चालु आर्र्थिक बर्षमा सरकारी स्तरको एउटा नमूना भैसी फार्म सञ्चालनका लागि ४ करोड बजेट विनियोजन भएकोमा योजना कार्यान्वयनमा ढिलाई भएको हो। आर्थिक बर्षको ६ महिना वितिसक्दा समेत अहिले सम्म जग्गा प्राप्तीको प्रक्रिया समेत अगाडी बढ्न सकेको छैन्। 

कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ नवदुर्गा सामुदायीक वन क्षेत्रमा फार्म सञ्चालनका लागि जग्गा हेरिएपनि जग्गा प्राप्तीको प्रक्रिया भने संघीय सरकार समक्ष अहिले सम्म पुगेको छैन्। पशुपक्षी तथा मत्स्य बिकास निर्देशनाल सुदूरपश्चिमका निर्देशक मदनसिंह धामीले कृष्णपुर नगरपालिका र सामुदायिक वनले जग्गा दिने सहमती गरेपछि अहिले जग्गा प्राप्तीको फाईल वन कार्यालयमा पुगेको बताए।

‘वन कार्यालयले स्वीकृती दिएपछि वन मन्त्रालय हुँदै मन्त्रीपरिषद्को बैठकमा पेश हुनेछ,’ धामीले दिनेश खवरलाई भने, ‘मन्त्रीपरिषद्को निर्णयपछि मात्रै भैँसी फार्म सञ्चालनको प्रक्रिया अगाडी बढ्नेछ।’

प्रदेशको भुमि व्यवस्था, कृिष तथा सहकारी मन्त्रालयले भैसी फार्म सञ्चालनका लागि ४ करोड बजेट पशुपक्षी तथा मत्स्य बिकास निर्देशनालयलाई पठाईसकेको छ। भैसी स्रोत केन्द्र स्थापना भएपछि यस क्षेत्रका किसानहरुको आयस्तरमा वृद्धि हुनका साथै गरिवी निवारणमा पनि टेवा पुग्ने प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी जनक बोहराले बताए। 

‘भैसी फार्म स्थापन भए कृषि विज्ञान अध्ययन गर्ने विद्यार्थी र भैसी पालक किसानहरुका लागि पनि अध्ययन र अनुसन्धानमा सहज हुने छ,’ उनले भने, ‘प्रदेश सरकारले भैसी फार्मबाट दुधालु भैसीको नश्ल सुधार कार्यक्रम सञ्चालन गर्ने योजना पनि बनाएको छ।’ 

तर फार्म सञ्चालनका लागि झण्डै २ सय ८० विघा जग्गा आवश्यक रहेको छ। हाल सुदुरपश्चिम प्रदेशमा पशुपक्षी तथा मत्स्य बिकास निर्देशनालय अन्तर्गत कैलालीको बुढीतोलमा बाख्रा विकास फार्म सञ्चालनमा छ। 
 

कमेन्ट लोड गर्नुस