सुदूर नेपाललाई विश्वसँग जोड्दै

बस्तीले घेरेको नेपाल आयल निगम धनगढीको डिपो सार्ने योजना अलपत्र

२०७६ माघ ८, ११:१३ कमल सावद

धनगढीमा रहेको नेपाल आयल निगमको डिपो सार्ने योजना अलपत्र परेको छ। अति प्रजोलन क्षमता भएको पेट्रोल, डिजेल र मट्टितेल भण्डारको डिपो घना बस्तीमा रहेको भन्दै सार्ने योजना राखिएपनि अलपत्र परेको हो। तर जग्गा खरिद गर्न नसक्दा अहिले डिपो स्थानान्तरणकोे काम रोकिएको हो।

केन्द्रीय कार्यालय मार्फत हुने जग्गा खरिदको प्रक्रिया रोकिएपछि क्षेत्रीय कार्यालयले कुनै प्रक्रिया अगाडी बढाउन सकेको छैन्। केन्द्रीय कार्यालयले पनि धनगढीको डिपो स्थानान्तरणका बारेमा छलफल समेत नगरेको पाइएको छ। दुई वर्ष अगाडी जग्गा खरिदका लागि प्रक्रियासुरु गरिएकोमा विवादित बनेपछि खरिद प्रक्रिया रोकिएको थियो।

कैलाली–कञ्चनपुरका विभिन्न क्षेत्रको जग्गा हेरिएको भएपनि अहिले सम्म टुङ्गो नलागेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख शर्पराज शार्माले बताए। उनले कञ्चनपुरमा भारतको सीमा नजिक रहेको जमिन पाइएको भएपनि सीमा नजिक रहेको भन्दै खरिद गर्न नहुने भएको बताए।

साढे तीन दशक अगाडी स्थापना भएको आयल निगम क्षेत्रिय कार्यालय धनगढीको डिपो सानो भएको र वरीपरी घनाबस्ती रहेकाले आगलागीको खतरा छ। वरपरको बस्ती असुरक्षित रहेको र डिपोका लागि क्षेत्रफल सानो भएको भन्दै सार्ने योजना ल्याईएको थियो। तर अहिले योजना अलपत्र छ। २०७४ को पुषमा जग्गा खरिदका  लागि टेण्डर गरिएको भएपनि चालु आर्थिक वर्षमा कुनै पनि प्रक्रिया अगाडी बढेको छैन्।

नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोईतले धनगढीको डिपोको बारेमा छलफल नभएको बताए। ‘धनगढीको डिपो स्थानान्तरणको प्रक्रिया थालेको लामो समय भएको छ। जमिनका कारण समस्या भएको हो। यो वर्ष हुन्छ होला।’ उनले भने। मोहनापुल–अत्तरीया ६ लेन सडकको निर्माणको काम सकिएपछि आयल निगमलाई झनै समस्या हुनेछ।

सडकको क्षेत्राधिकार निगमको प्राङगणमै पुगेपछि जोखिम झनै बढ्ने भएको हो। एक विगाह क्षेत्रफलमा रहेको डिपो सुरक्षाका दृष्टिकोणले अत्यन्त खतराको अवस्थामा रहेको नेपाल आयाल निगम क्षेत्रिय कार्यालय धनगढीका प्रमुख शर्माले बताए।

पूर्व पट्टीबाट छ लेन सडक र अन्य क्षेत्रबाट घनाबस्तीले घेरिएको डिपो सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीकै लागि ठुलो जोखिमको रुपमा रहेको छ। ३५ वर्र्ष अगाडी धनगढीका बस्तीलाई मध्यनजर गर्दै स्थापना गरिएको डिपो अहिले निकै सानो पनि भएको छ। डिपोमा १५ लाख ९० हजार लिटर डिजल, ७० हजार लिटर पेट्रोल र २८ हजार लिटर मट्टीतेल राख्न सकिने क्षमताका ट्याङ्की छन्। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस