सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोदीले नेपालीमा भने–फेरि भेटौंला, नमस्कार !

२०७६ माघ ७, ०१:१३ खबर संवाददाता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी केपी शर्मा ओलीले नेपाल भ्रमणका लागि गरेको निम्तो स्वीकार गरेका छन्। उनले यो वर्ष आफू नेपाल भ्रमणमा आउने संकेत समेत गरेका छन्। ‘तपाईंहरुको मायाले खिचेर ल्याइरहेको चर्चा गर्दै मोदीले कुनै समय सँगै बिताउने उल्लेख गरेका छन्।

नेपालका नागरिकको दर्शन गर्ने पनि मौका मिल्ने उनले चर्चा गरे। मन्तव्यको अन्त्यमा उनले नेपाली भाषामा भनेका छन,‘‘अन्त्यमा  तपाईँहरु सबैलाई धेरै शुभकामना दिन्छु। फेरि भेट होला, नमस्कार।’’

भारतका  प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगै इन्टग्रेटेड चेक पोस्ट (आइसीपी) संयुक्त रुपमा उद्घाटनका क्रममा  भिडियो कन्फेरेन्समार्फत् यो धारणा राखेका हुन्। 
 

कमेन्ट लोड गर्नुस