सुदूर नेपाललाई विश्वसँग जोड्दै

सभामुखको उम्मेदवारबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक

२०७६ माघ ७, ११:४८ खबर संवाददाता

सभामुखको उम्मेदवारबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बसेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा सभामुख पदमा उम्मेदवारी दिने कि नदिने, दिए कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छफलफल भईरहेको छ। बैठकले उपसभामुखको उम्मेदवार पनि टुंगो लगाउने सम्भावना छ।

नेकपाको स्पष्ट बहुमत रहेकाले कांग्रेसको उम्मेदवारी औपचारिकतामात्र हुने सम्भावना छ, सोही कारण उपसभामुखमा मात्र उम्मेदवारी दिने कि भन्ने विषयमा पनि छलफल भइरहेको कांग्रेस स्रोतले जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस