सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब कसैलाई तँ भन्न नपाइने !

२०७६ माघ ६, ०४:२८ खबर संवाददाता

आइतबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ११ बुँदे आचारसंहिता जारी गरेको छ। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा जारी आचारसंहितामा कसैलाई तँ भन्न नपाइने उल्लेख रहेको छ। 

‘परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ। कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्छ’ आचारसंहिताको बुँदा नम्बर २ मा लेखिएको छ।

कमेन्ट लोड गर्नुस