H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ माघ १३, मङ्गलवार ०१:१८
Jan 26 2021, Tuesday
01:18:44 AM

कैलालीमा नेविसंघको चिनौं सिमाना, जोगाऔं माटो अभियान

खवर संवाददाता
२०७६ पुष २९ ११:३६
अ+

नेपाल विद्यार्थी संघद्वारा सचालित चिनौं सिमाना, जोगाऔं माटोु अभियान कैलालीमा पुगेको छ। चिनौं सिमाना, जोगाऔं माटोु अभियानअन्तर्गत कोरौं नेपालको वास्तविक नक्सा कार्यक्रम कैलालीको अत्तरियामा पुगेर समापन भएको हो।

संघीय राजधानी काठमाडौं बसन्तपुरबाट सुरु भएको अभियान कैलालीमा पुगेर समापन भएको विद्यार्थी संघले जानकारी दिएको छ। अत्तरिया चोकमा संघका विद्यार्थीलाई नेपालको वास्तविक नक्सा कोर्न लगाइ नक्सा समेत सार्वजनिक गरेका हुन्।

अभियान समापन कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय पूर्व महामन्त्री कुन्दनराज काफ्लेले सातवटै प्रदेशका विद्यार्थीले नेपालको वास्तविक नक्सा कोरेर राष्ट्रपतिलाई बुझाउने कार्यक्रम रहेको बताए। उनले नेपालमा पटक–पटक गरेको जनगणना, सर्वेक्षणले लिपियाधुर, लिपुलेक र कालापानी नेपालको भएको उल्लेख गरे।

नेपालमा मिचिएको भूमि फिर्ता नहुँदासम्म यस्ता अभियान निरन्तर हुनुपर्ने छ, उनले भने, मिचियको भूमि भारतले फिर्ता नगरे संयुक्त राष्ट्र संघमा र्पुयाउने छौँ।

समापन कार्यक्रममा नेपाल  विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस कैलालीका नेता नुपबहादुर सुनारले भारतले कैलाली कचनपुरका सीमा अतिक्रम गरिरहेकोले यसतर्फ सबै चनाखो रहने वेला आएको बताए। समापन कार्यक्रममा नेविसंघका क्षेत्रीय सभापति गणेश शाह, पदम ओझा, दुर्गा कापडी, दिपक ओझालगायले शुभकामना मन्तव्य व्यक्त गरे।
 

विज्ञापन
Skip Ad