सुदूर नेपाललाई विश्वसँग जोड्दै

२२ वर्ष दुर्व्यशनीमा फसेर पनि प्रेरणाका पात्र बनेका धनगढीका निरज

२०७६ पुष १०, १२:३३ भुवन भट्ट

१८ वर्षको कलिलो उमेरमै लागु औषध दुव्र्यशनीमा फसेका धनगढीका निरज प्रकाश चटौत झण्डै २२ वर्षपछि सामान्य अवस्थामा फर्किए।  २२ वर्ष सम्म निरन्तर लागु औषध सेवन गरेका निरजसंग असंख्यक सम्झना र अनुभव छन्। काठमाडौँमा अध्ययन गर्ने क्रममा अनजानमै दुर्व्यशनीमा फसेका थिए उनी।

सम्पन्न परिवारमा हुर्किएका निरजका बुबा सरकारी जागिरे भएका कारण पनि पैँसाको अभाव झेल्नुपरेन। २०४४ सालमा काठमाडौँको सिद्धार्थ वनस्पति स्कुलबाट प्रथम श्रेणीमा एसएलसी उत्र्तिण गरेका निरज, त्यती बेला देखि नै कुलतमा फसिकेका थिए।

उनको प्लस टुको पढाई पनि त्यसै कारण प्रभावित भएको थियो। काठमाडौँको डेराको बसाँइले नै उनलाई लागु औषध सेवनकर्ता बनाईदियो। उनी काठमाडौँमा दाजु नाता पर्ने एकजना लागु औषध सेवनकर्ताको संगतमा परे। उनैलाई देखेर निरजले पनि लागु औषध सेवन गर्न सुरु गरेका रहेछन्।

तर उक्त कुरा परिवारका सदस्यलाई त्यती बेला नै जानकारी भईसकेको थियो। सम्झाउने कोसिस गर्ने परिवारका सदस्यको कुरा निरजले कहिल्यै मानेनन्। विस्तारै प्लस टु को पढाई पनि प्रभावित भयो। नसाको मात्रा बढ्दै गयो। विस्तारै उनी ड्रक्स, खैरो हिरोईन खाने र सिरीन्ज पनि लगाउन थाले।

त्यसै क्रममा पटक पटक प्रहरी हिरासत पुगेको सम्झना उनीसंग छ। विगतलाई सम्झीदै निरजले भने, ‘वर्षमा २२ पटक सम्म प्रहरीले नियन्त्रणमा लिएको सम्झना छ। तीन पटक त मलाई परिवारले नै प्रहरीको जिम्मा लगायो। तर बुवा त्यती बेला दाुर्चलामा प्रमुख जिल्ला अधिकारी थिए, प्रहरीसंग चिनजान भएका कारण हिरासत धेरै दिन बस्नु पर्दैन्थ्यो।’

आर्थिक अभाव नभएर पनि घरबाट निरजलाई महिनै पिच्छे खर्च पठाएकै हुन्थ्यो। पछि भने खर्च पठाउन बन्द गरियो। तर निरज भने लागु औषध नखाएर बस्न नसक्ने स्थितीमा पुगिसकेका थिए। घरबाट खर्च रोकीदिएपछि नसा पूर्ती गर्न चाहिने पैँसाका लागि लुटपाट र चोरी धन्दा चलाउन थाले उनी।

पछि उनका परिवारका सदस्यले सुधार गृहमा राखे। २२ वर्षको अवधीमा नेपालमा ७ र भारतको हल्द्धानीमा एक पटक सुधार गृहमा बसेको सम्झना छ। तैपनि त्यो लतबाट मुक्ती पाएनन्। त्यसैले पनि परिवारका सदस्यले निरजलाई कुलतबाट छुटाउन अर्को उपाय खोजे, उनको विवाह गरिदिने।

नभन्दै निरजको विवाह भयो। उनीसंग विवाह गर्ने युवतीसंग परिवारका सदस्यले राखेको शर्त  थियो, लागु औषध छुटाउने।  त्यही प्रण गरेर विवाह बन्धनमा बाधिएकी युवतीले पनि अनेक प्रयास गर्दा पनि कुनै सिप चलेन। सम्झाएर श्रीमानलाई नसा मुक्त गर्ने उनको प्रयास असफल भयो।  

उल्टै दुवैजना बिच मनमुटाव मात्र भईरहन्थ्यो। दिनहु कलह मात्रै भईरहने उनले बताए। पछि उनले निरजलाई फेरी काठमाडौँ रेचमन्ड फेलोसीप नेपाल नाम पुर्नस्थापना केन्द्रमा भर्ना गरिन्। तर लामो समय सम्म उनी कुलतबाट मुक्त भएनन्। जब निरजको भेट आफूजस्तै वर्षोदेखी नसा सेवन गरिरहेका तर मुक्ती खोजिरहेका व्यक्तिसंग भेटे भयो।

दुवै जनाबिच आत्मीयता बढ्दै गएपछि दुवैले लागु पदार्थको मात्रा कम हुन थाल्यो। हुदा हुदा पछि उनले कुलतबाट मुक्ति पाए। २०७१ सालमा लागु औषध दुव्र्यशनीबाट पूर्ण रुपमा अलग भएको उनी बताउँछन्। विस्तारै निरजमा आफू  जस्तै कुलतमा फसेकाहरुलाई छुटाउनु पर्छ भन्ने सोच पलायो। जिवनलाई जिवनकै सिद्धान्तमा कसरी जिउन सकिन्छ भन्ने खोज तर्फ लागे।

अरुलाई पनि आफूजस्तै सुध्रिएको हेर्ने चाहाना भएरै धनगढी आएर पुर्नस्थापना केन्द्र खोल्ने सोच बनाए। अहिले उनले धनगढी उपमहानगरपालिका २ मा लागु औषध तथा पुनःस्थापना उपचार केन्द्र सञ्चालन गरेका छन्। केन्द्र स्थापना गरेको पाँच वर्षको अवधीमा १६ जना लागु औषध प्रयोगकर्तालाई पूर्ण रुपमा लतबाट छुटाईसकेका छन्।

अहिले कैलाली, कञ्चनपुर र पहाडी जिल्लाका समेत गरी ५६ जना लागु औषध प्रयोगकर्तालाई दुव्र्यशनीबाट छुटाउन संस्थामा राखिएको छ। उनी भन्छन्, ‘दुव्र्यशनीमा फसेकाहरुलाई समान्य अवस्थामा फर्काउन नै संस्था खोलेर काम गरिरहेको छु।’ 

भुवन भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस