सुदूर नेपाललाई विश्वसँग जोड्दै

यसरी भयो मध्यरातमा प्याज चोरी.. (भिडियो)

२०७६ मंसिर २५, ०४:२८

यदि अहिले तपाईंले एक किलो प्याज किन्ने हो भने २ सयदेखि २ सय ५० रुपैयाँसम्म खर्च गर्नुपर्छ। भारतमा पनि एक किलो प्याज किन्नका लागि उपभोक्ताले १५० भारु खर्च गर्नुपर्छ।

प्याज महंगिएपछि मानिसहरूले प्याजको विकल्प खोज्न थालिसकेका छन् । यसैबीच मुम्बईमा प्याज चोरीको घटना बाहिर आएको छ। भारतीय सञ्चारमाध्यम खबर डट एनडीटीभीले मुम्बईमा लगभग २१ हजार भारु बराबरको प्याज चोरी भएको खबर लेखेको छ।

मुम्बईको डोंगरी मार्केटबाट प्याज चोरी भएको हो। यो घटना सीसीटीभीमा कैद भएको छ । न्युज एजेन्सी एनीले आज अर्थात् डिसेम्बर ११ मा पोस्ट भएको छ। -ऐजेन्सी
भिडियो हेर्न यहाँ क्लिीक गर्नुहोस
 

कमेन्ट लोड गर्नुस