सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको ‘कारा’ बजारमा

२०७६ मंसिर २३, ०४:५९ खबर संवाददाता

नेपालकी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीको पहिलो उपन्यास ‘कारा’ यसै साताबाट बजारमा आएको छ। किताब पब्लिसर्सले बजारमा ल्याएको उपन्यासमा कार्कीले लोकतान्त्रिक आन्दोलनका क्रममा आफू जेल बस्दा र ३० वर्षे वकालत पेशामा रहदा आफुले सुनेका कैदी र तीनका आफन्तका कथालाई समेटेकी छन्। 

पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायिक जिम्मेवारीमा छँदा देखे–भोगेका महिलाहरुका पिडा पनि उनको उपन्यासमा प्रतिविम्बित भएको पाइन्छ । अघिल्लो बर्ष प्रकाशित कार्कीको ‘न्याय’ नामको आत्मकथा धेरै पढिएका कृतिहरुमध्येमा पर्दछ ।
 

कमेन्ट लोड गर्नुस