सुदूर नेपाललाई विश्वसँग जोड्दै

जलवायु परिवर्तन र रसायनका कारण महासागरमा अक्सिजनको मात्रा घट्यो : अध्ययन

२०७६ मंसिर २२, ०३:५२ खबर संवाददाता

जलवायु परिवर्तन र बालीनालीमा प्रयोग गरिने पोषक तत्वहरुबाट निस्कने प्रदूषणका कारण महासागरमा अक्सिजनको मात्रा घटिरहेको अध्ययनले देखाएको छ। प्रकृतिको लागि अध्ययन गर्ने समूह आईयूसीएनले गरेको अध्ययनले जलवायु परिवर्तन र पोषक तत्वबाट निस्कने प्रदूषणका कारण महासागरमा अक्सिजनको मात्रा घट्दा माछाको प्रजाति खतरामा परेको देखाएको बीबीसीले जनाएको छ।

केही दशकयता समुन्द्रमा पोषक तत्व कम भैरहेको यसअघिका अध्ययनले देखाएका भए पनि जलवायु परिवर्तनका कारण अवस्था लगातार खराब भैरहेको अनुसन्धानकर्ताको दावी छ। सन् १९६० को दशकमा महासागरमा ४५ ठाउँमा अक्सिजनको कमी रहे पनि अहिले बढेर ७ सय ठाउँ पुगेको पनि अध्ययनले देखाएको बीबीसीले जनाएको छ। अक्सीजनको कमिले ट्यूना, मार्लिन र शार्कसहित केहि प्रजाती खतरामा परेका खबरमा उल्लेख छ।

केही वर्षयता भने जलवयु परिवर्तनका कारण महासागर आसपास धेरै कार्बनडाइ अक्साइड उत्पन्न हुने तथा महासागरले तापक्रम अत्यधिक सोस्ने हुनाले पानी तात्ने र अक्सिजन कम हुने देखिएको छ। धेरै समयदेखि खेतबारी तथा कारखानाबाट नाइटोजन तथा फस्फोरसजस्ता रसायन महासागरमा पुगेर महासागर तथा त्यसका किनार आसपासका क्षेत्रमा अक्सिजनको मात्रा घटाउन मुख्य भूमिका खेलिरहेको अध्ययनहरुले देखाएको पाइएको छ।
 

कमेन्ट लोड गर्नुस