सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनगणनाको प्रचारका लागि धनगढीमा अन्तरक्रिया

२०७६ मंसिर १८, ०७:५० खबर संवाददाता

धनगढी: २०७८ मा हुने राष्ट्रिय जनगणनाको प्रचारप्रसारका लागि धनगढीमा संञ्चारकर्मीसंग अन्तरक्रिया गरिएको छ। केन्द्रीय तथ्यांक विभाग र तथ्यांक कार्यालय कञ्चनपुरको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया गरिएको हो। प्रत्येक दश वर्षमा हुने राष्ट्रिय जनगणना आउँदो वर्ष १२ औं पटक हुन लागेको हो।

मेरो गणना मेरो सहभागिता भन्ने मुल नाराका साथ सुरु हुने जनगणनाको तयारी र संञ्चार माध्यमको भूमिकाका बारेमा छलफल भएको कार्यक्रम आयोजना गरिरहेको केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए। उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका अन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह प्रमुख अथिति रहेका थिए। मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रमुख सचिव नारायण प्रसाद विडारीको समेत सहभागिता रहेको थियो।

जनगण्ना सुरु हुनुभन्दा अगाडी सचेतनाका विभिन्न कार्यक्रम समेत गरिने दावी गरिएको छ। विगतमा शिक्षक/शिक्षिकालाई गणकको जिम्मेवारी दिईएको भएपनि आउँदो वर्ष भने बेरोजगार युवालाई करारमा भर्ना गरिने बताईएको छ। संघीय संरचनापछि पहिलो पटक हुन लोको जनगणनाले तथ्याङ्क संकलन गर्न सहज हुने देखिएको छ। नेपालमा हाल सम्म ११ वटा जनगणना सम्पन्न भईसकेका छन्। जनगणनाको औपचारिक रुपमा १९६८ वाट सुरुवात भएको थियो। प्रत्येक दश/दश वर्षमा राष्ट्रिय जनगणना हुदै आएको छ।

कमेन्ट लोड गर्नुस