साहुको गाई चराउने धनगढीका मुक्त कमैया दिलप्रसादको संघर्ष
धनगढी उप–महानगरपालिका वडा नम्बर १७ धुर्जन्ना (उत्तर खैरेनी) मुक्तकमैया शिविरमा बसोबास गर्दै आएका दिलप्रसाद चौधरी मुक्त कमैया हुन्।
उनका बुवा गौरीगंगा नगरपालिका वडा नम्बर ६ वनभेडामा साहुको घरमा कमैया बसेका थिए। बुवा साहुको घरमा कमैया बसेकाले उनले पढ्न पाएनन्। बुवा साहुको घरमा किसानी काम गर्ने भएकाले उनले पनि साहुकै गाई चराए। उनको बाल्यकालको उमेर गाई/गोरु चराउनमै बित्यो। उनले विद्यालय जान पाएनन्।
विद्यालय जान नै नपाएपछि शिक्षा आर्जन गर्ने कुरै भएन्। साहुको घरमा कमैया बसेको समय चौधरीका परिवारलाई साझ–बिहानको खानाका लागि पनि समस्या हुने गरेको थियो। साहुले दिएको धानले उनीहरुलाई वर्ष भरीका लागि खानलाई पुग्थेन्। जेनतेन उनीहरुको घर खर्च चलेको थियो।
दिलप्रसादको परिवार २०६० सालमा धनगढी उप–महानगरपालिका वडा नम्बर १७ धुर्जन्ना (उत्तर खैरेनी) को मुक्त कमैया शिविरमा आयो। कमैया मुक्ति पछिका केही समय उनीहरुका दयनिय भए। सरकारले दिएको ५ कठ्ठा जमिन र दुई कोठा भएको सानो घरमा स–परिवार बसोबास गर्नु पर्ने अवस्था थियो।
उनीहरुका लागि ५ कठ्ठा जमिनमा लगाएको खेतीले खान पुगेन्। उनीहरुसंग खेतीपाती गर्नका लागि गोरु पनि थिएन्। गोरु नभएकाले अधिया पनि गर्न सकिएन्। केही वर्ष दिलप्रसादको परिवारले दुःख पायो। कमैया मुक्तीको केही वर्ष पछि दिलप्रसादले भागरती चौधरीसंग विवाह गरे।
उनीहरुको सुरुको दाम्पत्य जिवन पनि कष्टकर रह्यो। ५ कठ्ठा जमिनमा लगाएको खेतीले साझ–बिहान खान नपुगेपछि दिलप्रसाद काठ चिरानीको काम गर्न सुरु गरे। दिलप्रसाद धुर्जन्ना क्षेत्रका धेरै गाउँहरुमा काठ चिरानीको कामका लागि पुग्न थाले।
श्रीमती भागरतीले पनि वनवेहडाको एक घरमा भाडा माझ्ने काम गरिन्। भागरती सुनाउछिन्– ‘विवाह गर्दा घरमा सारै समस्या थियो। साझँ–बिहानको खानलाई पनि चामल थिएन्। भाडा माझेर नै दैनिक खानेकुराहरु किन्ने र खाने गर्दथ्यौ। श्रीमानले पनि काम गरे। छोरा–छोरी हुदाँ पनि हामीले दुःख पायौ।
उनीहरुलाई भोक लागेको हुन्थ्यो तर घरमा चामल हुन्थेन।’ चौधरीको परिवार कति रात भोक–भोकै सुते उनीहरुलाई नै थाहाँ छैन्। दिलप्रसाद र भागरतीले त परै जावस सन्तानले पनि खान पाएनन्। उनीहरुले केही समय पछि धुर्जन्नामा सानो किराना पसल सञ्चालन गरे।
श्रीमानको काठ चिरानीबाट कमाएको रकमले धनगढीबाट किरानाका सामान खरिद गर्दै उनीहरुले शिविरमा रहेको घरबाट किरानाका सामान विक्रि गर्न सुरु गरे। दिलप्रसादकी श्रीमती भागरतीले सञ्चालन गरेको किराना पसलमा चुरोट, चाउचाउ, दाल लगायतका समानहरु विक्रि गर्न सुरु गरिएको थियो।
दिलप्रसाद सो समयमा ७ रुपैँया प्रति क्यूफिटमा काठ चिरानीको काम गर्दै थिए। श्रीमानको हौसला र सहयोगले भागरतीले किराना पसल पनि राम्रैसंग सञ्चालन गरिरहेकी थिईन्। सो समयमा भागरतीले साहुको घरमा भाडा माझ्ने काम छोडीसकेकी थिएन्।
किराना पसलबाट केही रुपैँया आम्दानी हुन थालेपछि वि.स २०६५ सालबाट उनीहरुले किरानासंगै होटल व्यवसाय पनि थपे। उत्तर खैरेनी मुक्तकमैया शिविरका एक सय २१ घर परिवार सहित धुर्जन्ना, डमौलिया, सेहरी, वनबेहडा लगायतका क्षेत्रका वासिनदा उनको होटलमा आउन थाले।
उनीहरुको व्यवसाय प्रतिदिन बढ्दै गयो। दिलप्रसादले माछा–मासुको व्यापार पनि थाले। उनी गाउँ–गाउँमा मासुका लागि बंगुर खोज्न जान थाले। माछा पनि ल्याउन थाले। धनगढीबाट बोईलर कुखुराको मासु पनि दिलप्रसादको होटलमा पुग्यो। उनीहरुले माछा–मासुका परिकार सहित मादक पदार्थ पनि विक्रि गर्न सुरु गरे।
दिलप्रसादले काठ चिरानीको काम यो बेलासम्म छोडीसकेका थिए। पहिले काठ चिरानी गर्न जस्तै दिलप्रसाद बंगुरको खोजिमा गाउँ–गाउँ जान थाले। उनकी श्रीमती भागरती भने माछा–मासुका परिकार बनाएर ग्राहलाई विक्रि गर्थिन्। उनले बनाएका माछा–मासुका परिकार होटलमा आउने सबैलाई मन पर्न थाल्यो।
२०६५ सालमा होटल सञ्चालन सुरु गरेपछि दिलप्रसार र भागरतीको जिवनमा सुधार हुदै गयो। आर्थिक रुपमा पनि सवल भए। तीन सन्तानमा एकलाई कक्षा १२ सम्मको शिक्षा दिलाउन उनीहरु सफल भए। छोराले पनि बुहारी ल्याए।
अहिले उनीहरुको एक वर्षको नाती छ। उनीहरु अहिले आफ्नो जिवन प्रति खुसी छन्। उनीहरुसंग अहिले तीन वटा घर छन्। सरकारले दिएको घरसंगै चार कोठाको पक्की घर पनि उनीहरुले जोडेका छन्। पक्की घरमा उनीहरुले अहिले दिनेश होटल र किराना पसल सञ्चालन गरिरहेका छन्।
घरको एक छेउमा माछा–मासु काट्ने सानो स्थान छ। दिलप्रसाद सोही काम गर्छन्। श्रीमतीलाई पनि सघाउछन्। होटलबाट मात्र दैनिक कम्तीमा ५ देखि १० हजार सम्म उनीहरुको आम्दानी छ। चाँडपर्वको समयमा उनीहरुको दैनिक ३० देखि ३५ हजार पनि कारोवार भएको छ।
दिलप्रसाद अहिले जमिन किन्ने योजनामा छन्। ‘मलाई अहिले ४४ वर्ष पुगेको छ,’ उनले भने, ‘बुवा कमैया भएकाले मैले पढ्न पाएन्। साहुको घरमा नै गाई चराए। तर एक सन्तानलाई कक्षा १२ सम्म पढाएको छु।’ दैनिक आम्दानी भइरहेकाले पहिलेको जस्तो साँझ–बिहान के खाने उनीहरुको परिवारमा चिन्ता छैन्। मनले चाहेको कुरा खान पाएका छन्।
पहिले साहुको घरमा कमैया बसेका दिलप्रसाद चौधरी अहिले आफै साहु बन्न लायक भएका छन्। उनले मुक्त कमैया शिविरमा रहेका अन्यलाई आर्थिक सहयोग पनि गर्दै आएका छन्। उनी भन्छन्, ‘व्यवसाय सबैले गर्नु पर्ने हो। सरकारको मुख मात्र ताकेर हुदैन्। सरकारले प्रतिपरिवार ५ कठ्ठा जमिन दिएकै हो। दुई कोठा भएको सानो पक्की घर दिएकै हो। बाँकी परिवारलाई खुसी पार्ने काम हाम्रो पनि हो।’