सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्मचारीमाथि राजनीतिक हस्तक्षेप गर्दिन : कृषिमन्त्री भुसाल

२०७६ मंसिर ५, ०३:१३ खबर संवाददाता

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले कर्मचारीको सरुवा, बढुवामा हस्तक्षेप नगर्ने बताएका छन्। बिहीबार मन्त्रालयमा पदभार ग्रहणपछि बोल्दै उनले कर्मचारीको सरुवा, बढुवालगायतका काममा हस्तक्षेपमा आफूलाई घृणा लाग्ने बताएका हुन्। ‘तपाईहरु तपाईको जिम्मेवारी पूरा गर्नुस्, म मेरो जिम्मेवारी पूरा गर्छु,’ उनले भने ‘सरुवा, बढुवामा राजनीतिक हस्तक्षेप गर्दिन, मलाई त्यो काम घृणा लाग्छ।’

मन्त्री भुसालले आफूलाई मन पर्ने भएकाले कृषि मन्त्रालय राजेको बताए। ‘प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मुलुकको सबैभन्दा प्राथमिकताप्राप्त मन्त्रालय हो तपाईले जिम्मेवारी लिइदिनुस् भन्नुभएको थियो’ उनले भने। मन्त्री भुसालले आफूले विगत लामो समयदेखि बुर्जुवा श्रमबाट माथि उठ्ने विषयमा वकालत गर्दै आएको र अहिले काम गर्ने अवसर आएको बताए। पदभार ग्रहण गर्ने दिन पहिलो निर्णयमा हस्ताक्षर गर्ने प्रचलन मन्त्री भुसालले तोडेका छन्।
 

कमेन्ट लोड गर्नुस