सुदूर नेपाललाई विश्वसँग जोड्दै

टी–१० लिगः सन्दीपले लिए १ विकेट

२०७६ मंसिर ४, ०७:४२

युएईमा भइरहेको टी–१० लिगमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो चौथो खेलमा १ विकेट लिएका छन्।  कर्नाटकाका बलर सन्दीपले बुधबार मराथा अरबियन्सविरुद्ध १ विकेट लिएका हुन्।  उनले अरबियन्सका एडम लिथलाई ५० रनमा आउट गरेका थिए। त्यसअघि लिथले सन्दीपलाई २ छक्का प्रहार गरेका थिए।

आफ्नो स्पेलमा ३ छक्का खाएका सन्दीपलाई अर्को छक्का क्रिस लिनले प्रहार गरे। सन्दीपले २ ओभरमा २५ रन खर्चिए।  खेलमा अरबियन्सले १० ओभरमा ४ विकेटको क्षतिमा १२९ रन  जोड्यो।  १३० रनको लक्ष्य पाएको सन्दीपको टिम कर्नाटकाले ब्याटिङ गर्ने समयमा वर्षाले खेल अबरुद्ध भएको छ।

यसअघि सन्दीपले तेस्रो खेलमा महँगो बलिङ गर्ने क्रममा ३५ रन खर्चिदा विकेट लिन सकेका थिएनन्। पहिलो खेलमा १ विकेट लिएका सन्दीपले दोस्रो खेलमा भने २ विकेट हात पारेका थिए।
 

कमेन्ट लोड गर्नुस