सुदूरपश्चिममा भूकम्पको धक्का
सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ। स्थानीय समयअनुसार ७ बजेर १५ मिनेटमा बझाङको पौवागडी केन्द्रविन्दु भएर ५.७ स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । पौवागडी खप्तड राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्छ।
भूकम्पको धक्का सुदूपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ। सुदूरपश्चिम प्रदेशसँगै भूकम्पको धक्का कर्णाली र प्रदेश ५ मा पनि ठूलो भूकम्पको धक्का महसुस गरिएको छ। भुकम्पबाट के कति क्षति भयो भन्नेबारे एकिन जानकारी प्राप्त हुन सकेको छैन ।